तपाईं यहाँ हुनुहुन्छ
Home > देश > दुधे बालक सहित सामाजिक परिचालक आन्दोलनमा

दुधे बालक सहित सामाजिक परिचालक आन्दोलनमा

 माघ ०७, २०७४    

काठ्माण्डौँ

           २०६६ साल देखी सामाजिक परिचालकको रुपमा विभिन्न निकाय,गाविस,नगरपालिका अन्तर्गत काम गरिरहेका सामाजिक परिचालक अहिले बेरोजगार भएका छन् । झन्डै पाचँ हजारको संख्यामा रहेका परिचालकलाई पुष १४ गतेको राज्य मन्त्रीको निर्णयले अवकास दिएको हो । स्थानिय विकास मन्त्रालय अन्तर्गत स्थानिय रुपमा रहेका परिचालकहरु हाल आन्दोलनमा उत्रीएका छन्।

सडकमा परिचालकहरु

आज आन्दोलनको सातौँ दिन आइपुग्दा पनि परिचालकहरु अझै तेही सडकमा नारा लगाइरहेका छन् तर पनि सरकार बाट कुनै सुनुवाइ नभएको जानकारि सम्रिद्द नेपाललाई प्राप्त भएको छ ।

पत्रकार श्रवण सँग कुराकानी गर्दै संयोजक

विगत ९ वर्ष देखी कार्यरत सामाजिक परिचालकलाई रित्तो हात अवकास दिए पछी आफुहरु सडकमा उत्रेको र उमेरको हकवन्दी नलगाई अनुभवी परिचालकलाई समायोजन गरिनु पर्ने साथै माग पुरा नभए सम्म आन्दोलन जारी रहने परिचालक संघको सम्योजक सारिका राईले जानकारी दिनु भयो ।

सम्योजक साथमा परिचालकहरु

आन्दोलनमा महिला , बालबालिका देखी लिएर हरेक वर्गका परिचालकहरुको बाक्लो उपस्थिती थियो ।

बच्चा सहित आमा आन्दोलनमा

जनता सङ प्रत्यक्ष भिजेर टोल टोल गएर सानो देखी ठुलो समस्या सङ जुधेर आफुहरुले काम गरेको हुँदा आफुहरुलाई समायोजन गरिनु पर्ने स्याङ्जा जिल्ला बाट उपस्थित शर्मिला पौडेलले बताउनु भयो साथै यो चिसोमा बच्चा बोकेर यहाँ आफ्नो हकका लागी लड्नु पर्दा गाह्रो भएको पनि  शर्मिला पौडेलले  जानकारी गराउनु भयो ।

केहि हेर्दै परिचालक

 सरकार बाट कुनै प्रतिकृया नआएको कारण आज समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।  

समुहका साथमा प्रधानमन्त्री

समृद्द नेपालकालागी  संवाददाता  सिद्धार्थ गौतम

Similar Articles

Top