तपाईं यहाँ हुनुहुन्छ
Home > Uncategorized > विप्लव नेतृत्वको नेकपा माओवादीद्वारा ८ गते नेपाल बन्दको कार्यक्रम यथावत , विराटनगरमा कडा सुरक्षा

विप्लव नेतृत्वको नेकपा माओवादीद्वारा ८ गते नेपाल बन्दको कार्यक्रम यथावत , विराटनगरमा कडा सुरक्षा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले फाल्गुन ८ गतेका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता नलिने जनाएको छ | विराटनगरमा आफ्नो भात्रि संगठन राष्ट्रिय युवा जनस्वयम नेपालको तेश्रो राष्ट्रिय सम्मेलनको क्रममा आफ्ना कार्यकर्ताहरु बिनाकारण पक्राउ परेको भन्दै फाल्गुन ६ गते महासचिव विप्लव द्वारा हस्ताक्षर गरिएको विज्ञप्ति निकाल्दै बन्द घोषणा गरिएको छ | श्रोतका अनुसार पक्राउ परेका स्थाई समिति सदस्यहरु सुदर्शन , पिबिएम लगायतका नेताहरुलाई रिहाइ नगरिएको र सम्मेलन बिथोल्ने ओली सरकारको कदम देखि आफुहरु आश्चर्यचकित भएको बताइएको छ |
त्यस्तै , ओली सरकारले यसै गरि आफ्ना नेता कार्यकर्तालाइ विनाकारण दुख दिने नियत दोहोर्याएमा ओली सरकारको दिनगन्ती सुरु भएको विज्ञप्तिमा उल्लेख छ | सरकारद्वारा बिथोल्ने प्रयाश भएको सम्मेलनलाइ संघर्षमा बदल्न र जुन सुकै हालतमा सम्मेलन सम्पन्न गर्नसमेत विप्लवद्वारा नेता कार्यकर्ताहरुलाई निर्देशन गरिएको छ | नेपालभर बन्द गर्ने घोषणा गरे पनि उपत्यकामा न्यून प्रभाव देखिने सम्भावना छ | सम्भावित घटनालाइ मध्यनजर गर्दै देशैभर सुरक्षा निकायहरुलाइ चुस्त पारिएको छ भने मोरंगमा विशेष सुरक्षा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय मोरंगले जनाएको छ |

नेकपा माओवादीद्वारा जारि गरिएको बिज्ञप्ति  :

Similar Articles

Top