तपाईं यहाँ हुनुहुन्छ
Home > देश > युवाहरू द्वारा चितवन , चौबिसकोठी चोकको बिचमा रहेको आईल्याण्ड रंगरोगन

युवाहरू द्वारा चितवन , चौबिसकोठी चोकको बिचमा रहेको आईल्याण्ड रंगरोगन

फाल्गुन १७ ,
समृदि सम्वाददाता ,चितवन

चितवन आफैमा नेपालको एक उत्कृष्ट पर्यटकिय जिल्ला हो । भरतपूरको केन्द्रमा पर्ने चौबिसकोठी चितवनलाई चारै दिशामा जोड्ने प्रमुख केन्द्र हो । रामपुर, मेघौली, सौराह र चितवन राष्ट्रिय निकुन्ज जस्ता पर्यटकिय क्षेत्र जोड्ने भएकाले पनि यो सबैको नजरमा पर्ने गरेको छ । तर लामो समयदेखी अनाथ जस्तै बनेको भरतपुरको मध्य भागमा जोडीएको चौबिसकोठी चोक आज फेरी एक पटक चिटीक्क बनेको छ । उद्योग वाणिज्य संघले जिम्मा लिएको भएता पनि नियमित हेरचाह र संरक्षण हुन नसकेकाले आईल्याण्ड कुरूप बन्दै गएको हो । आईल्याण्डमा नया प्रबिधीका लाईट्स, वाटर फाउन्टेन, सोलार लाईट्स र रंगिन बत्तीहरू लाखौँको लगानीमा जडान गरिएका भएता पनि निकै कम प्रयोगमा छन् । भरतपुरवासीले नै आईल्याण्डको रंगीन फाउन्टेन प्रयोग भएको देख्न पाएका छैनन् । पानिको मोटर प्रयोग नभएको पनि वर्षौ भईसकेको छ । पाईप फुटेका छन्, स्ल्याब उक्कीएका छन्, रंग उडीसकेका छन्, फलामहरू खिया लागेर खिईसकेका छन् । त्यति मात्रै नभएर आईल्याण्डमा लगाईएका फुलहरू संरक्षीत हुन नसकेर निर्जिव जस्तै देखिएका छन् । महानगरको अनुमति बिना आईल्याण्ड वरपर कुनै पनि नारा लेख्न वा प्रचार टास्न नपाउने नियम भएता पनि केही पार्टीहरूले आफ्नो त्यसको दुरूपयोग गरेको पाईन्छ । यस्तोमा महानगरको गरिमा चौबिसकोठी चोकमा अवस्थीत आईल्याण्डलाई संरक्षण गर्न अनुरोध गर्दै बेटर चितवनले महानगरपालीकालाई निवदने पेस गरेको थियो । बर्षौ बित्दा पनि सबैको आँखा पर्ने सो क्षेत्रमा महानगरपालिकाको भने धयान पुग्न सकेको थिएन । महिनौ बित्दा पनि कुनै सुधार नदेखिएपछि अभियानले आफै नेतृत्व लिएर सो आईल्याण्डलाई सफा गर्ने र पुरानो पेन्ट हटाएर नयाँ पेन्ट लगाउने काम गरेको छ । ‘सबैको आँखा पर्ने भएकाले यस आईल्याण्डको आफ्नै महत्व छ । यदि यसको मर्मत र रंग रोगन गर्ने हो भने यसले सबैको मन लोभ्यान सक्छ । चितवन आउने जो कोही पनि चितवन प्रति आकर्षित हुन सक्छन् ।’ अभियान्ता सुबास सापकोटाले जानकारी दिनु भयो । ‘हामीले महानगरपालीका र ट्राफिक प्रहरीलाई जानकारी गराएरै यस ठाँऊमा रंग रोगन गर्दैछौँ । कुरो रह्यो यसमा लेखिएका राजनैतिक सन्देश; त्यो धेरै पुरानो र बिना अनुमति लिईएको भएकोले यसलाई मेटाउदा समस्या नरहने थाहा भएर नै कार्य अगाडी बढाएका छौँ ।

                                रंगरोगन र सरसफाई पूर्वको अवस्था

फोहोर गर्दा कोही डराउन नपर्ने हामी सफा गर्नेहरू किन डराउने ? असल कार्यको प्रशंसा पक्कै हुन्छ ।’ अर्की अभियान्ता अमृता अधिकारीले बताउनु भयो । युवाहरू आफैले सबै कार्यक्रमको खर्च जुटाउनु भएको हो । बिहान छ बजे सुरू भएको कार्यक्रम दिउसो तिन बजे मात्र सकिएको थियो । करिब २८ जना युवाहरू मिलेर आईल्याण्डलाई चिटीक्क बनाउने काम गरेका हुन् । ‘गरे के हुँदैन र? महानगरलाई गाली मात्रै गर्ने हो भने हामीले चाहेको जस्तो समुन्नत समाज देख्न अर्को जुनी कुर्नु पर्छ । यदी हामीले नै गर्न सक्छौ भने अरूको आश गरेर बस्नु मुर्खता मात्र हो । धेरैले सम्भव छैन भनेको काम हामी युवाहरूले गरेर देखाएका छौँ । यदी सप्पै युवाहरू एक साथ यसरी नै समाज रूपान्तरणमा बढ्ने हो भने हामीले सोचेको जस्तो र चाहेको जस्तो बेटर चितवन हाम्रै पालामा सम्भव छ ।’ अभियान्ता सागर कार्कीले बताउनु भयो । साथै अनुमति भएमा आईल्याण्डमा बर्सेनी रंगिन फुलहरू फुलीरहने सुन्दर बगैचा समेत बनाउने प्लान रहेको कुरा अर्का अभियान्ता अजय डि.सीले व्यक्त गर्नुभयो । बेटर चितवन अभियानले चितवनमा रहेर युवा, स्वास्थ्य, शिक्षा, वातावरण, अर्थ, टेक्नोलोजी र कल्चर गरि सात विभिन्न क्षेत्रमा काम गरिरहेको छ ।

पेण्टिङ्ग गर्दै युवा
                                         पेण्टिङ्ग गर्दै युवा

Similar Articles

Top