तपाईं यहाँ हुनुहुन्छ
Home > देश > विमान कसरी दुर्घटना भयो! ४९ मृत्यु ,२१ घाइते ,१ बेपत्ता

विमान कसरी दुर्घटना भयो! ४९ मृत्यु ,२१ घाइते ,१ बेपत्ता

फाल्गुन २८, काठ्माण्डौँ
युएस बाङ्ग्लाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

तथ्य एकः रनवे ०२ को साटो २० !

अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको देखिन्छ ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आयो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको देखिन्छ ।

कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत रनवेबाट समातेर फोर्स ल्याण्डिङ गर्न खोजेको देखिएको छ ।

विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो ।

विमानले अवतरणका लागि ०२ को साटो २० मार्ग समात्नुमा चालकको कमजोरी हो या विमानमै कुनै प्राविधिक खराबी देखिएकाले त्यस्तो हुन पुगेको हो भन्ने खुलेकोे छैन । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले एटेम्ट गर्न नसकेको स्रोत बताउँछन ।

समाचार – श्रवण कुमार घिमिरे

Similar Articles

Top