तपाईं यहाँ हुनुहुन्छ
Home > जीवनशैली/स्वास्थ्य > दिन दु:खि एवम असहायको सहयोगार्थ लागी श्रीमद्भागवत सप्ताह सुरु

दिन दु:खि एवम असहायको सहयोगार्थ लागी श्रीमद्भागवत सप्ताह सुरु

२६ चैत, कंचनपुर, भिमदत्तनगर पालिका-०४, बैजनाथ मन्दिर प्रांगणमा दुबै मृगौला फेल २१ बर्षिय हिम बहादुर बोहराको उपचार गर्न सहयोगार्थ We Save Humanity द्वारा श्रीमद्भागवत सप्ताहको आयोजना गरिएको संस्थाको संरक्षक/ अध्यक्ष श्रीराम लम्सालले बताउनु  भयो | चैत्र २३ गतेबाट बिधिवत रुपमा प्रारम्भ भएको श्रीमद्भागवत सप्ताहको उद्घाटन सुदुरपश्चिमाञ्चल क्षेत्रकै विद्वानको रुपमा चिनुनु भएका श्रीराधाकृष्ण मन्दिरका मठाधिश स्वामी श्रीहरि प्रपन्नाचार्यको   हस्तकमलबाट दिप प्रज्ज्वलन गरी शुरु भएको थियो| श्रीराम नवमीको अवसरमा आयोजित यस श्रीमद्भागवत सप्ताहमा भक्त हरुले दिएको दान दातब्यबाट सन्कलन हुने अर्थ/रकम मध्ये यज्ञमा लाग्ने खर्चहरु कटाइ बचेको रकम संस्थाको तर्फबाट हिम बहादुर बोहराको उपचार गर्न हस्पिटलमा उनको नाममा जम्मा गरिदिने समेत संस्थाको अध्यक्ष श्रीराम  लम्सालले बताउनु  भयो|उक्त संगीतमय श्रीमद्भागवत सप्ताहमा प्रमुख कथा वाचक आचार्य श्रीराम लम्साल , कलाकार सम्योजकमा गणेश योगी र  मूल अायोजक समितिमा श्रीपुरुशोत्तम जोशी रहनु भएको थियो |उक्त महायज्ञको समापन २०७५ चैत्र ३० गते हुनेछ |

दुबै मृगौला फेल २१ बर्षिय हिम बहादुर बोहरा

 

Similar Articles

Top