तपाईं यहाँ हुनुहुन्छ
Home > जीवनशैली/स्वास्थ्य > पूर्वराजाको गाडीले ठक्कर दिँदा २२ बर्षीय युवकको मृत्यु

पूर्वराजाको गाडीले ठक्कर दिँदा २२ बर्षीय युवकको मृत्यु

२८ चैत,मोरङ । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले टक्ककर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किदै गरेको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एकजना घाइते भएका छन् । बिहीबार बिहान विमानस्थलबाट फर्किदै गरेको बा ३ च ७९६२ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार चौधरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकल चालक चौधरीको मृत्यु भएको छ भने पछाडी बसेका २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।गाडी ठक्कर दिँदा भने पूर्वराजा सवार थिएनन् ।

एस काठमाडौं बाट

Similar Articles

Top