तपाईं यहाँ हुनुहुन्छ
Home > आर्थिक > चितवनमा एक दम्पत्तिले गरे आश्रमका लागि दुई करोड रुपैयाँ बराबरको सम्पत्ति दान

चितवनमा एक दम्पत्तिले गरे आश्रमका लागि दुई करोड रुपैयाँ बराबरको सम्पत्ति दान

चितवन, ३० चैत । पवित्र तीर्थस्थल देवघाटधाममा एक जना व्यक्तिले करिब दुई करोड रुपैयाँ बराबरको सम्पत्ति महेश सन्याश आश्रमलाई दान गरेका छन् ।

देवघाट गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चित्रराज पाण्डे तथा जीवनकुमारी पाण्डेले आफ्नो एक रोपनी जग्गा सहित त्यहाँ निर्माण गरिएको सन्तोषेश्वर शिव मन्दिर र दुई तले पक्की घर आश्रमलाई दान गरेका हुन् । स्वर्गीय छोरा बुहारीको सम्झनामा निर्माण गरिएको मन्दिर र घर जिल्ला प्रशासन कार्यालय तनहूँमा कागज गरेर आश्रमलाई प्रदान गरेको चित्रराज पाण्डेले बताउनुभयो । आश्रमले महेश संस्कृत गुरुकूल सञ्चालन गरेर निशुल्क रुपमा संस्कृत शिक्षा पढाउँदै आएकाले आफ्नो सबै सम्पत्ति आश्रमलाई दान गरेको पाण्डेले बताउनुभयो ।

पाण्डे दम्पति जीवित रहुन्जेल सोही घरमा बस्ने तथा उनीहरुको मृत्युपछि सबै सम्पत्ति आश्रमको नाममा हुने गरी कागज बनाएको पाण्डेले बताउनुभयो । पाण्डे दम्पतिले आश्रम तथा गुरुकूलको रतज महोत्सव समापनको अवसर पारेर आज सो सम्पत्ति दान गर्नुभएको हो । महेश संस्कृत गुरुकूलमा निशुल्क आवासीय सुविधा सहित कक्षा ६ देखि आचार्य (स्नातकोत्तर)सम्म संस्कृत शिक्षा पढाई हुने गरेको छ ।news24 बाट

Similar Articles

Top