तपाईं यहाँ हुनुहुन्छ
Home > अन्तराष्ट्रिय > भारतका अनौंठो उम्मेरद्वार जो २४ पटक हारेर पनि पुन: चुनाव लड्दै छन्

भारतका अनौंठो उम्मेरद्वार जो २४ पटक हारेर पनि पुन: चुनाव लड्दै छन्

नयाँ दिल्ली । विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक हो भारत । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको ४ बर्षे कार्यकालको समाप्ति हुन लाग्दा भारतमा अहिले नयाँ सरकारको लागि निर्वाचन भइरहेको छ ।

बिशेष गरेर अबको नयाँ सरकार कस्ले हाँक्ने भन्नेबारे मुख्य दुई पार्टीको प्रतिस्पर्धा हुने निस्चित छ । जुन हुन् प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टी र सरकारको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रस । जसको नेतृत्व राहुल गान्धीले गरिरहेका छन् ।

आगामी सरकारको नेतृतका लागि कस्ले निर्वाचनमा विजय प्राप्त गर्ला त्यो त निर्वाचन पछिको नतिजा कुर्नु पर्छ। यसका साथै भारतका केही प्रदेशमा मतदान सम्पन्न भईसकेको छ भने केही प्रदेशमा निर्वाचन हुन बाँकी नै छ ।

भारत आँफैमा भैगोलिक र जनसङ्ख्याको हिसावले पनि ठुलो मुलुक भएकाले यहाँ पार्टीका नेताहरु निर्वाचनको प्रतिस्पर्धामा छन् । तर यही निर्वाचनको संघारमा भारतको पुणे शहरमा एक ७३ बर्षीय बृद्ध पनि स्वतन्त्र उम्मेरद्वारमा उठेका छन् । उनि यसअघि दुई दर्जन अर्थात २४ पटक पराजित भईसकेका छन् ।

तरपनि उनले निर्वाचनमा उठ्न भने छोडेका छैनन् । उनको नाम हो विजयप्रकाश कोन्डेकर । उनलाई भारतको पुणेमा विजयप्रकाश भन्दा नचिने सायदै छन् । उनि गएको दुई महिनादेखि नै निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेका छन् ।

चुनाव प्रचार क्रममा उनि भन्छन्  दलगत राजनीति मात्र गर्नुपर्छ भन्दिन स्वतन्त्र उम्मेरद्वारले पनि केही गर्न सक्छ यो निर्वाचन जितेर म सर्वसाधारणलाई केही गरेर देखाउनेछु । स्वतन्त्र उम्मेरदरबाट निर्वाचनमा भाग लिनु नै भ्रष्टाचार हटाउने एउटा कडी हो  उनि भन्छन् ।

विजयप्रकाश कोन्डेकर उम्मेरद्वार रहेको क्षेत्रमा अब तेस्रो चरणमा अर्थात अप्रील २३ मा निर्वाचन हुँदै छ । प्रधानमन्त्री भए प्रत्येक भारतीय नागरिकलाई १७,००० भारतीय रुपैयाँ दिने उनको चुनावी उजेण्डा पनि रहेको छ । लागभग ३९ बर्ष अघि विजयप्रकाश महाराष्ट्र राज्यको विद्युत् बोर्डमा आबद्ध थिए ।

अहिलेको निर्वाचनका लागि उनि पुणे सहरका सडकमा एउटा साइनबोर्ड र ठेला लिएर हिँडिरहेका हुन्छन्।  उनको चुनाव चिह्न भने बूट रहेको छ । उनि सो बुटको साइनबोर्डसहित भोट माग्दै हिडिरहेका हुन्छन् । अनौंठो उनको यो क्रियाकलापका कारण कतिपयले वास्ता नै गर्दैनन् ।

भने कतिपयले भने सेल्फी खिचेर सामाजिक संजाल फेसबुक तथा इन्स्टाग्राममा पोष्ट गरेका छन् । सामाजिक संजालमा यसरी फोटो पोष्ट गरे आफ्नो पक्षमा केही मत बढ्ने उनले अपेक्षा गरेका छन् । लगभग नब्बे करोड मतदाता रहेको भारतमा सात चरणमा मतदान हुनेछ । एप्रिल ११ बाट निर्वाचन प्रारम्भ भएको थियो ।

मे १९ मा सकिने मतदान हालसम्म तीन चरण सम्पन्न भईसकेको छ । मतदान सकिएको चार दिन पछि अर्थात मे २३ देखि मात्रै मतगणना सुरु हुनेछ।

news24 बाट

Similar Articles

Top