तपाईं यहाँ हुनुहुन्छ
Home > राजनीति > हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्र माग गरेकाे राप्रपा र सरकारबीच आज वार्ता हुँदै

हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्र माग गरेकाे राप्रपा र सरकारबीच आज वार्ता हुँदै

काठमाडौं । राष्ट्रिय प्रजनतन्त्र पार्टी र सरकारबीच आज वार्ता हुने भएको छ । हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र सहितका २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट आइतबार उक्त पार्टीलाई वार्ताका लागि पत्र पठाउनु भएको थियो ।

सरकारसँग वार्ता गर्न पार्टीले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

वार्तामा सरकारसमक्ष पेश गरेको हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घियताबारे जनमतसङ्ग्रह लगायत मागका विषयमा छलफल गरिने राप्रपाले जनाएको छ ।

news24 बाट

Similar Articles

Top