तपाईं यहाँ हुनुहुन्छ
Home > देश > प्रतिष्ठानद्वारा सेवामूलक कार्यक्रम सम्पन्न (भिडियोसहित)

प्रतिष्ठानद्वारा सेवामूलक कार्यक्रम सम्पन्न (भिडियोसहित)

सेवा,सद्भाव,विश्वशान्ति एवं वैदिक सनातन धर्म,संस्कृति,संस्कार र अध्यात्मदर्शनकाे संरक्षण,संवर्धन तथा प्रचार-प्रसार गर्दै समग्र जगत-कल्याण मार्गमा यात्रा गरिरहेकाे प्रतिष्ठान “ॐ सनातन अाध्यात्मिक प्रतिष्ठान”ले निसहाय सेवा सदन तीनकुनेमा रहनु भएका ज्येष्ठ नागरिकहरूलाई भाेजन,सम्मान,बृहत् सत्सङ्ग तथा अाजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम समापन गरेकाे छ

। साे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि सेवानिवृत्त त्रिभुवन विश्वविद्यालयका नेपाली विभागिय प्रमुख,पूर्विय भाषा,संस्कृति,दर्शनविद् प्राध्यापक डा. राजेन्द्र सुवेदी र सभापति गुरु श्री ब्रह्मचारी मुमुक्षु मित्र ज्यूले संयुक्तरूपमा दीप प्रज्वलन गरि गर्नु भएको थियाे । उक्त कार्यक्रममा बाेल्दै डाक्टर सुवेदीले समाजमा नयाँ पुस्ताले अाफ्नाे संस्कार,सभ्यता र अनुशासन विर्सिँदै गएकाे र बुबाअामालाई अवहेलना गर्दै बृद्धाश्रममा लगेर छाेडिदिने जस्ता कुसंस्कार बढिरहेकाे भन्दै यस्ता प्रत्यक्ष सेवा,सम्मान र सेवामूलक सत्सङ्ग कार्यक्रमले समाजमा ज्येष्ठ नागरिक प्रतिकाे सम्मान,सत्कार र सेवाभावमा अभिवृद्धि हुने कुरा बताउनुभयाे । साे प्रतिष्ठानका प्रधानसंरक्षक एवं अध्यक्ष गुरु ब्रह्मचारी मुमुक्षु मित्र ले अाजकाे व्यक्ति निष्काम सेवा,सत्सङ्ग र अध्यात्मबाट विमुख भएको कारण दुखी जीवन जिउन बाध्य भएको भन्दै हरकाेहि व्यक्तिले केवल अाफ्नाे लागि मात्रै नभई समाज र राष्ट्रकाे लागि पनि समय दिनुपर्ने कुरा बताउनुभयाे ।

सेवा र अध्यात्म भनेका मानव जिवनका अभिन्न अङ्ग भएको कुरा बताउँदै अध्यात्म अन्धविश्वास नभई विज्ञानसम्मत रहेकाे कुरा प्रष्ट्याउनु भयाे । साे कार्यक्रमकाे स्वागत मन्तव्य शाेभना अधिकारीले राख्नु भएको थियाे भने विशेष अतिथिकाे रूपमा उपस्थित विशिष्ट समाजसेवी यमलाल खनाल र लक्ष्मण पाण्डे द्वयले यस प्रतिष्ठानकाे नेतृत्व एउटा त्यागी युवा सन्तले गरिरहनु भएको भन्दै हरेक युवाहरू अाफू संस्कारवान् हुन यस्ता विशाल अभियानमा जाेडिएर सेवामूलक तथा अाध्यात्मिक कार्यक्रममा सँगसँगै अगाडि बढ्नुपर्ने बताउनु भयाे ।

साे कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव अर्थशास्त्री सन्ताेष पाैडेलले साे प्रतिष्ठानकाे उद्येश्य विद्यावान् तर संस्कारबाट वञ्चित रहेका युवाहरूलाई संस्कार सहितका विद्यावान बनाउनु र जाे जहाँ छ उसलाई त्यही ठाउँमा याेग्य बनाउँदै हरेक युवालाई परिवार,समाज र राष्ट्र सेवामा जिम्मेवारी बनाउनु रहेकाे कुरा व्यक्त गर्नु भएकाे थियाे ।

 

 

 

 

Similar Articles

Top