तपाईं यहाँ हुनुहुन्छ
Home > समाचार > नासलको वार्षिक साधारण सभा सम्पन्न , अध्यक्षमा शारदा शिवाकोटी

नासलको वार्षिक साधारण सभा सम्पन्न , अध्यक्षमा शारदा शिवाकोटी

मङ्सिर ८ ,
सुरेश मगर

पुस्तकालय परिचारिका संघठन नेपाल (नासल ) को २१ अौ वर्षिक साधारण सभा सम्पन्न भएको छ | राजधानीको नेपाल ल क्याम्पसको हलमा चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा हरी लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विभिन्न विधामा सम्मान र पुरस्कार समेत वितरण गरिएको छ | सभामा सम्मानित हुने व्यक्तित्वहरुमा नासल लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा मधुसुधन कार्की ,उत्कृष्ट लाइब्रेरी भक्तपुरको मेघा माध्यमिक विधालय ,उत्कृष्ट लाइब्रेरिएन काठमान्डौको श्री जनकल्याण माध्यमिक विधालयकी गंगा ढुंगाना , उत्कृष्ट रिडर ललितपुरको श्री सिद्देश्वर आधारभुत विद्यालयका राम कुमार मन्डल रहेका छन |


त्यसैगरि , नासलका सस्थापक महासचिव केशव खवास र भक्तपुर जिल्लाका पुर्व सम्योजक कपिल केसी समेत सम्मानित भएका छन | २०० जना आमन्त्रित उपस्थित कार्यक्रममा राष्ट्रिय पुस्तकालय प्रमुख उपेन्द्र मैनाली ,केशर पुस्तकालयका प्रमुख दशरथ मिश्र र शिक्षा मन्त्रालयका पुस्तकालय समन्वय शाखा प्रमुख यादव चन्द्र निरौलाले शुभकामना मन्तव्य राख्नुभयो |
कार्यक्रमको दोश्रो सत्रमा सस्थाका कोषाध्यक्ष सुनिता जोशिले गतवर्षको आर्थिक विवरण र महासचिव विजय कुमार पोखरेलले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए | बन्द सत्रबाट सस्थाको विधानमाथि समेत आवश्यक सन्सोधन गरिएको छ |

अक्षय कोष राख्ने महनुभावहरु
१. डा. गुप्त बहादुर श्रेष्ठ रु १००,०००- उत्कृष्ट पुस्तकालय प्रयोगकर्ता
२. अर्जुन खड्का रु १००,०००- उत्कृष्ट पुस्तकालयकर्मि
३. इयान  योङ रु १००,०००- उत्कृष्ट पुस्तकालय र आजिवन उपलव्धी
४. शारदा शिवकोटी रु १००,०००- पुस्तकालय र विध्यालय पुस्तकालय अनुसन्धान

त्यसैगरी निम्न व्यक्ती तथा विध्यालयहरुले स-सम्मनित पुरष्कार हात पारेका छन ।

१ डा मधुसुदन कार्कि- लाइफ टाइम एचिभमेन्ट
२ मेधा उच्च माध्यमिक विध्यालय- उत्कृष्ट पुस्तकालय (भक्तपुर)
३  जनकल्यान उच्च मा वि – गङ्गा ढुङ्गाना ,उत्कृष्ट पुस्तकालयकर्मि (काठमाण्डौँ)

४ सिद्देश्वर उच्च मा वि – राम कुमार मण्डल ,उत्कृष्ट रिडर (ललितपुर)

सभाले शारदा पाण्डे शिवाकोटीको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती समेत चयन गरेको छ |
सस्थाको नयाँ कार्यसमिती यस प्रकार छ :
अध्यक्ष – शारदा पाण्डे शिवाकोटी
उपाध्यक्ष – नर्बदा पोखरेल
महासचिव – हरिभक्त श्रेष्ठ
सचिव – सुनिता जोशी
कोषाध्यक्ष – तुलशी शिवाकोटी
सदस्य – कपिल श्रेष्ठ
सदस्य -अर्जुन खड्का
सदस्य – प्रज्ञा थापा
सदस्य – गेहेन्द्र राज विष्ट

कार्यक्रमका केही झलकहरु : 

 

 

 

Similar Articles

Top