तपाईं यहाँ हुनुहुन्छ
Home > देश > सुरक्षीत ईन्टरनेट दिवसको पुर्व सन्ध्यामा सुनवलमा वेदले गर्यो वक्तृत्वकला

सुरक्षीत ईन्टरनेट दिवसको पुर्व सन्ध्यामा सुनवलमा वेदले गर्यो वक्तृत्वकला

सुरक्षित ईन्टरनेट दिवसरको अवसरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सुवनल १२मा सम्पन्न ।।  वेद सृजनशिल संस्थाको अायोजनामा सुनवल नगरपालिका वडा नं. १२ को सभाहलमा ईन्टरनेटको महत्त्व र चुनैती बिषयक वक्तृत्वकला प्रतियोगिता सु-सम्पन्न भयो।

वेद सृजनशिल संस्थाको कार्यवाहक अध्यक्ष रोशनी रानाको अध्यक्ष रहेको कार्यक्रममा सुनवल नगरपालिका वडा न १२को वडा अध्यक्ष यमलाल पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्य वल बहादुर थापा, संस्थाका संस्थापक अध्यक्ष कृष्णा पाण्डे,संस्थाका मानार्थ सदस्य भोला पराजुली, रामनगर जेसिस बर्ष २०२० का अध्यक्ष भोजराज पौडेल ,सम्झौता महिला बिकास वहुउद्देश्यिय संहकारी सस्था लि.का संस्थापक अध्यक्ष तथा वेद संजालका सल्लाहकार कला डुम्रे भट्टराई,देवकोटा नमुना मा वि का शिक्षिका तुल्सी कुवर,वेद संजालका पदाधिकारीहरू लगाएत ५० जनाको उपस्थिति रहेको थियो।

नेटवर्कले गर्दा बालबालिकाको क्षेत्रमा, नेपाल र विश्व भर भएको घटनाहरू को जानकारी दिदै यो खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरक्षित ईन्टरनेट दिवसको अवसरमा अायोजना गरिएको र ईन्टरनेटबारे यँहि २८ गते अभिमुखिकरण कार्यक्रम पनि अायोजना गरिने कुरा संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनु भयो। बालबालिकाहरू अाज भोलि नेटको माध्यमबाट समाजिक संजालहरूमा धेरै व्यस्त हुने, घर परवारको नजिक भए पनि भावनात्मक हिसाबले टाढा भएको, ईन्टरनेटको माध्यमबाट अस्लिल भिडियो तथा तस्बिरहरू हेर्न गरेको र यो कार्यक्रम नया र यस्ले केहि परिवर्तन ल्याउने भएको हुनाले अाफ्नो कार्यपालिकाको बैठक हुदा पनि कार्यक्रम राम्रो र नैलो लागेकोले पूरा समय दिएको कुरा कार्यक्रमका प्रमुख अतिथि यमलाल पाण्डेले मन्तवयको क्रममा बताउनु भयो।

अाजको दिनबाट धेरैले नभएपनि कार्यक्रममा उपस्थित सबैले ईन्टरनेटको राम्रो प्रयोग गर्नु हुनेछ र बालबालिकाहरूलाई ईन्टरनेटको चुनैतीहरू बारे जानकारी दिनुहुनेछ र अागामि दिनहरूमा युवा र बालबालिकाहरूको क्षेत्रमा अझै धेरै कार्यक्रमहरू लिएर अाउने कुरा कार्यवाहक अध्यक्ष तथा कार्यक्रमकि सभाअध्यक्ष रोशनी रानाले बताउनु भयो।

खुल्ला वक्तृत्वकला प्रतियोगिताका निर्णायक संयोजक भोजराज पौडेल निर्णायक सदस्यमा कृष्ण पाण्डे, कला डुम्रे भट्टराई र तुल्सी कुवर रहनु भएको थियो। मित्रकला भण्डारी,जनक चापागाईं,दिलिप थापा,समीक्षा पाण्डे,प्रयास सापकोटा र राजिव खनाल गरि वक्तृत्वकला प्रतियोगितामा ६ जना विद्यार्थीहरूको प्रतिस्पर्धा रहेको थियो। जस्मा महाकवि देवकोटा नुमुना मा.विका विद्यार्थी दिलिप थापा प्रथम,ज्ञानज्योती मा.विका विद्यार्थी समीक्षा पाण्डे दोस्रो, महाकवि देवकोटा मा विका विद्यार्थी मित्रलाल भण्डारी तेस्रो र जगन्नाथ मा विका विद्यार्थी जनक चापागाईं सान्त्वना भएको कुरा कार्यक्रम संयोजक सुनिल थापा क्षेत्रीले जानकारी दिनु भयो। वेद संजालका सदस्य समीर परियार र मनिस भट्टराईको संचालकमा रहेको कार्यक्रममा संस्थाकि सदस्य सृष्टि अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रम सभ्य र भव्यका साथ सफल भएको कुरा समिक्षा बैठकबाट समीक्षा अाएको कुरा संस्थाकि सदस्य विन्दु न्यौपानेले जानकार दिनु भयो।

Similar Articles

Top