तपाईं यहाँ हुनुहुन्छ
Home > जीवनशैली/स्वास्थ्य > We Save Humanity द्वारा ५५ जना विद्यार्थीलाई लाईफ ज्याकेट वितरण

We Save Humanity द्वारा ५५ जना विद्यार्थीलाई लाईफ ज्याकेट वितरण

सुर्खेतकाे अन्तिम विन्दु बिजाैरा चाैकुने गाउँपालिका-४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालयमा पढ्नका लागि ज्यानकाे बाजि लगाउँदै ३०० मिटर लामाे कर्णाली नदी एउटा साघुराे काठे डुंगामा बसी गाेडामा लगाउने चप्पलकाे सहाराले खियाउदै माेहन्याल गाउँपालिका-३, कैलालीबाट तरेर अाउने ५५ शिक्षा प्रेमी विद्यार्थीहरुलाई उनिहरुकाे शिक्षा अार्जन प्रतिकाे उत्साहलाइ अझ उत्साहित बनाउनका लागि भनि& nbsp; (We Save Humanity) हामी मानवता बचाउँ काेटेश्वर-३२, काठमाण्डाैंले Water Safey Jacket वितरण गरेकाे  थियाे


। उक्त संस्थाका संरक्षक राम लम्साल र वरिष्ठ सचिव सिताराम चटाैत र सदस्य द्वय जित बहादुर चन्द एवं प्रेम प्रकाश अात्रेय पाैडेल सहितकाे टाेली अाइ नदी र  विद्यार्थीहरुले विद्यालय समयमा स्कुल अाउने बेला गर्नु परेकाे त्याे संघर्षपूर्ण दृश्यकाे समेत अवलाेकन गरेका थिए । उक्त लाइफ ज्याकेट वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हित प्रसाद पाैडेलकाे प्रमुख अातिथ्यता रहेकाे थियाे भने त्यसै वडाका अध्यक्ष नमराज जैशी, विद्यादय ब्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद ढकाल सहितकाे उपस्थित रहेकाे उक्त कार्यक्रमकाे संचालन विद्यालयका प्रधानाध्यपक ठम्बर बहादुर बि.सी द्वारा संचालन गरिएकाे थियाे ।

कार्यक्रममा मन्तब्य राख्दै संस्थाका वरीष्ठ सचिव सिताराम चटाैतद्वारा संस्थाले अहिले सम्म गरेकाे कार्यहरुकाे बारेमा प्रकाश पार्नुका साथै भावि कार्यहरुकाे समेत जानकारी गराएका थिए।& nbsp; अाफ्नाे मन्तब्य राख्ने क्रममा प्रमुख अतिथिद्वारा पुल निर्माणकाे लागि सर्वे भइसकेकाे जानकारी दिनु भएकाे थियाे भने (We Save Humanity) हामी मानवता बचाउँका संरक्षक राम लम्सालले विद्यार्थी भनेकाे देशकाे भविष्यका कर्णधार हुन र यसरी विद्यालय अाउन चाहने विद्यार्थीहरुकाे अात्माबल बढाउन र साच्चै नै देश विकास हाेस भन्ने चाहने हाे भने, शिक्षा नै देश विकासकाे मूल अाधार भएकाले अब पनि सरकारले पुल निर्माणकाे कार्यमा ढिला सुस्ती गर्नु नहुने उल्लेख गर्नु भएकाे थियाे। उक्त कार्यमा बाेल्दै स्थानिय वासीहरुले पुल निर्माण कै लागि भनेर ३ पटक सम्म सर्भे भएकाे तर पुल निर्माणकाे कार्य भने अहिले सम्म केही नभएकाे भन्दै गुनासाे समेत गरेका थिए ।

स्थानिय वासीहरुकाे उक्त गुनासाे सुनी सके पछी संस्थाकाे तर्फबाट बाेल्दै राम लम्सालले अाउदाे २ वर्षसम्म पुल निर्माण हुन नसकेमा हाम्राे संस्थाले डुंगा उपलबध गराईदिने तर त्यसका लागि माेहन्याल गाउँपालिका र चाैकुने गाउँपालिका दुइटै मिलेर एउटा नयाँ समिति गठन गरी मासिक पारिश्रमिक तय गरि एक माझीकाे समेत नियुक्ती गरेमा र बिहान ९ देखि १० बजे सम्म र बेलुका ४ देखि ५ बजेसम्मकाे समय विद्यार्थीहरुलाई प्रामिकता दिने हाे भने अरु समयमा स्थानिय बासीहरुले नै प्रयाेग गरे पनि सबैलाई सहज हुने कुराकाे समेत सुझाव दिएका थिए ।। कार्यक्रममा सभापतिकाे सभा विसर्जनकाे घाेषणा लगत्तै समापन भएकाे थियाे भने काठमाण्डाैंबाट अाएका टाेलीलाई सिन्दुर र पुष्प माला पहिराई बिदाई गरीएकाे थियाे ।।

Similar Articles

Top