नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी आज चीन जानुहुँदै

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज बुधबार चीन प्रस्थान गर्दै हुनुहुन्छ। चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा उँहा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले चीनको

हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्र माग गरेकाे राप्रपा र सरकारबीच आज वार्ता हुँदै

काठमाडौं । राष्ट्रिय प्रजनतन्त्र पार्टी र सरकारबीच आज वार्ता हुने भएको छ । हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र सहितका २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट आइतबार उक्त पार्टीलाई वार्ताका लागि पत्र पठाउनु भएको थियो । सरकारसँग

नेकपा एकता, टुंगियो जिल्ला नेतृत्व

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको ११ महिनापछि जिल्ला नेतृत्व टुंगो लगाएको छ ।नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिकोत्सव तथा लेलिन जयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नामावली घोषणा गरिएको छ । ७७ वटै जिल्लामध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन

श्रीलंकामा श्रृङ्खलावद्ध बिस्फोट, २०७ को मृत्यु

८ वैशाख, काठमाडौं । श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो । अधिकारीहरुका अनुसार कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको छ

भारतका अनौंठो उम्मेरद्वार जो २४ पटक हारेर पनि पुन: चुनाव लड्दै छन्

नयाँ दिल्ली । विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक हो भारत । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको ४ बर्षे कार्यकालको समाप्ति हुन लाग्दा भारतमा अहिले नयाँ सरकारको लागि निर्वाचन भइरहेको छ । बिशेष गरेर अबको नयाँ सरकार कस्ले हाँक्ने भन्नेबारे मुख्य दुई पार्टीको प्रतिस्पर्धा हुने निस्चित छ । जुन हुन् प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व

पोखरामा बम डिस्पोज गर्ने क्रममा विस्फोट, सैनिक अमलदार घाइते

५ वैशाख, पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् । पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा

प्रचण्डकाे नयाँ प्रस्तावमा माधव नेपालकाे सहमति, ओली बसे चुपचाप

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिहरुलाई समेत पार्टीको जिल्ला अध्यक्ष र सचिव बनाउन सकिने प्रस्ताव पेश गरेका छन् । प्रचण्डको प्रस्थावमा वरिष्ठ नेता माधवकुमार नेपाल सहमत देखिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जवाफ दिएका छैनन् । नेकपाले जनप्रतिनिधि भइसकेकालाई पार्टीको कार्याकारी भूमिकामा

प्रेम सञ्जेललाई अख्तियारको पत्र

 ४ वैशाख, काठमाडौं । भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । तर, उनले त्यहाँ हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा

नेपाललाई विद्वानहरुको देश बनाउनु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वानहरुको देश बनाउनु पर्ने बताउनुभएको छ । बुधवार बालुवाटारमा विद्यालय भर्ना अभियानको विषयमा अन्तरक्रिया गर्न भेला भएका नेकपा निकट यूवा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने क्रममा सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विद्यार्थी नेताहरुसँग बोल्ने क्रममा विद्वान पूर्खाको सन्तती हामी नेपाली निरक्षरको रुपमा नभई विद्वानकै रुपमा

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन

४ वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता